Government of Lumbini Province

Ministry of Health

Bhim Hospital

Bhairahawa, Rupandehi

नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको सिद्धार्थनगर नगरपालिका वडा नं.१३ मा अवस्थित यस भिम अस्पताल नेपालको पुरानो अस्पताल मध्ये एक हो। वि.सं १९९० मा ३ शैयाबाट स्थिपित भएको  यस अस्पताल वि.सं २०४१ सालमा २५ शैयामा स्तरोन्नती भएको थियो। आ. व २०७८/७९ मा २५ शैयाबाट ५० शैयाको अस्पतालमा लुम्बिनी प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयबाट स्तरोन्नती भएको थियो ।  हाल यस अस्पतालमा ५० शैया सरकारी र ५७ शैया अस्पताल विकास समिति बाट गरी कुल १०७ शैया उपलध छन् जसमध्ये ८५ बेड क्रियाशिल (Operational beds) शैया रहेका छन।