नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको सिद्धार्थनगर नगरपालिका वडा नं.१३ मा अवस्थित यस भिम अस्पताल नेपालको पुरानो अस्पताल मध्ये एक हो। वि.सं १९९० मा ३ सैयाबाट स्थिपित भएको यस अस्पताल वि.सं २०४१ सालमा २५ सैयामा स्तरोन्नती भएको थियो। आ. व २०७८/७९ मा २५ सैयाबाट ५० सैयाको अस्पतालमा लुम्बिनी प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयबाट स्तरोन्नती भएको छ।